काठमाडौं, १७ फागुन । भारतबाट आउने तरकारीमा विषादी परीक्षण गर्ने प्रस्ताव कृषि मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पेस गरिएको थियो । तर, अन्य खाद्यान्नको प्रस्ताव स्वीकृत भए पनि तरकारीमा विषादी परीक्षण गर्ने प्रस्ताव प्रस्ताव फिर्ता आएको समाचारसँगै त्यसको सर्वत्र विरोध भएको छ ।

तरकारीको मापदण्डसहितको प्रस्ताव ५ महिनाअघि मन्त्रिपरिषद्मा पुगे पनि फाइल कृषि मन्त्रालयमा फर्काइएपछि त्यसको सबै भन्दा बढी विरोध नेकपा (एमाले)ले गरेको छ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘भारतीय तरकारीको विषादी जाँच्ने प्रस्ताव मन्त्रिपरिषद्ले फेरि रोक्यो’ शीर्षकमा एक दैनिक पत्रिकामा प्रकाशित समाचार सामाजिक सञ्जालमा राख्दै लेख्नुभएको छ– ‘नेकपा (एमाले)ले अघि बढाएको यो प्रस्ताव पनि तुहिएछ । कम्फर्टेवल बन्ने क्रममा अझै के के ब्यहोर्नु पर्ने हो ।’

May be an image of 12 people, people standing and roadत्यसैगरी एमाले निकट विद्यार्थी संगठनले पनि सरकारको यो गलत कार्यको विरोध गरेको छ । आज त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको छ । सडकमा तरकारी मिल्काएर अनेरास्ववियुले प्रचण्ड नेतृत्व सरकारको विरोध गरेको छ । उक्त विद्यार्थी संगठनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विरोध गर्दै ‘जनतामार सरकार मुर्दावाद, भारतीय दलाल होसियार, किसान मार्न पाइदैन’ जस्ता नारा लगाएका थिए । भारतबाट आउने तरकारी अनिवार्य विषादी परीक्षण गर्नुपर्ने उनीहरुको माग छ । सरकारले भारतबाट आउने तरकारीहरु विषादी परीक्षण नगरी बजार पठाउने निर्णय नसच्याए विरोधलाई थप सशक्त बनाउने उनीहरुको चेतावनी छ ।

अनेरास्ववियुले प्रचण्ड नेतृत्वको सरकार कठपुतली भएको टिप्पणी गर्दै भारत रिझाउने काम बन्द गर्न विज्ञप्तिमार्फत चेतावनी दिएको छ । ‘विषादीयुक्त तरकारी विना परीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र उक्त तरकारीहरूमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै पनि भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु र नेपाली कृषको उत्पादनले बजार नपाएर सडकमा नै फाल्दा सरकार रमिते हुनु दुःखद पक्ष हो,’ विज्ञप्तिमा भनिएको छ, ‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७६ असार २ गते देखि भन्सार विन्दुमा क्वारेनटाइन र जीवनाशक विषादी अवशेष परीक्षण सुरु भएको थियो । हाल जीवनाशक विषादी अवशेषको अधिकतम सीमालाई निष्क्रिय बनाउने काम भएको छ ।’

May be an image of 9 people, people standing, outdoors and text that says 'रेत्न राज्यलक्षमी क्याम पयालय S ) S'अनेरास्ववियुले सरकारको रवैयाप्रति आन्दोलनको मैदानमा उत्रिन आह्वान गरेको छ। अनेरास्ववियुले देशै भरी गर्ने सशक्त आन्दोलनमा समेत ऐक्यबद्धता जनाउन सम्पूर्ण सरोकारवाला पक्षहरूलाई अपिल समेत गरेको छ । ‘कठपुतली सरकारको जनतामारा निर्णय बिरुद्ध आज प्रदर्शनीमार्ग, भृकुटीमण्डप क्षेत्रमा खवरदाी आन्दोलन गरेका छौँ,’ महासचिव नरेश रोकायले भन्नुभयो, ‘भोलि बिहान ८ बजे देशैभरिका सम्पुर्ण क्याम्पस कमिटी हरुले आन्दोलन गर्नेछन । सरकारले यो निर्णय नसच्याउने हो भने हामी थप आन्दोलन गर्न बाध्य हुनेछौँ ।’