बेलबारी,१९ फागुन । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ मोरङको पाचौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रवार बेलबारीमा भएको अधिवेशन लाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य जीवन घिमिरे, विशिष्ट अतिथि पार्टी मोरङ जिल्ला कमिटी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य ऋषिकेश पोखरेल अतिथिहरु पार्टी कोशी प्रदेश कमिटी सदस्यहरु राजकुमार ओझा,नवराज बिष्ट लगायत्ले सफलताको शुभकामना ब्याक्त गरे ।
अधिवेशनले रेवतीकुमार तिम्सिनाको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा वमलाल खवास,सचिवमा इमानाथ पोखरेल ,सहसचिवमा कविन्द्र धिमाल र कोषाध्यक्षमा नारायण ताजपुरिया चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा वेदप्रसाद पोल,मैदराज राजवंशी,रमेश खनाल,धान्यप्रसाद अधिकारी,नारायण राजधामी,आन्ददेव राजवंशी,चन्द्रप्रसाद दाहाल,गायत्रामान कार्की,वेदनारायण राजवंशी,भवानीशेखर आचार्य,खड्ग पाण्डे,टंकबहादुर खत्री, नेत्र खड्का,मेचराज कार्की,सुरज राई,पर्शुराम बास्तोला,पूर्ण केसी ,करुणा थापा,लक्ष्मीदेवी गौतम,हिरा श्रेष्ठ,केशरमाया राई ,तुलसीदेवी राजवंशी,हरिदेवी उप्रेती,विनीता बस्नेत,उमा पराजुली,गंगा वि.क.,पदमकुमारी काफ्ले,सन्जादेवी सहनी,टंकबहादुर बिष्ट लगायत रहेका छन् ।
नवगठित कमिटीलाई महासंघका केन्द्रिय सदस्य विश्व बरालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । किसान महासंघका कोशी प्रदेश कमिटी संयोजक दुर्गा थापाले नवगठित कमिटीलाई बधाई तथा सफल कार्यकाल शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपा एमाले केन्द्रिय विभाग सदस्य बद्री अर्याल, एमाले मोरङका सदस्यहरु सिता तामाङ्ग,गिता सिवा महासंघका केन्द्रिय परिषद सदस्यहरु यमनाथ निरौला,युवनाथ पोखरेल लागायतको आतिथ्यता रहेको थियो !
महासंघका चौथो जिल्ला कमिटीका अध्यक्ष देवेन्द्र पौडेलको अध्यक्षतामा भएको अधिवेशनमा सहभागी अतिथि तथा प्रतिनिधिहरुलाई जिल्ला कमिटी उपाध्यक्ष रेवतीकुमार तिम्सिनाले स्वागत मन्तव्य राखेका थिए भने एमाले मोरङ जिल्ला कमिटी सचिवालय सदस्य तथा जन संगठन समन्वय संयन्त्र प्रमुख रविन थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।




















