- भगवती अर्याल
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा अनेम संघ केन्द्रिय कमिटी सचिव मेनुका काफ्लेले नेपाली महिला आन्दोलनमा अनेमसंघले खेलेको भूमिका र आन्दोलनले गरेको उपलब्धी बारेमा प्रकास पार्नु भएको थियो । ‘मिसन ग्रासरुट अभियान अन्तर्गत सुन्दरहरैंचाको केन्द्रिय प्रतिनिधि समेत रहनु भएकी नेता काफ्लेले अभियानलाई सफल बनाउन सक्रियरुपमा लागि पर्न अनेमसंघका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।
यो पनि पढ्नुहोस -किसान महासंघको मोरङ जिल्ला कमिटी गठन,अध्यक्षमा रेवती तिम्सिना

कार्यक्रममा आउदै गरेको होलि पर्व र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका उपलक्ष्यमा सुभकामना व्याक्त गरिएको थियो । कार्यक्रमको अन्तमा एक आपसमा अविर दलेर होलि पर्वको रमाइलो माहौल बनेको थियो ।
नेकपा एमाले कोशी प्रदेश कमिटी उपसचिव धना तामाङ्ग,अनेमसंघ मोरङकी अध्यक्ष टिका चापागाईं भट्टराई प्रदेश कमिटी सदस्यहरु राजकुमार ओझा,बीरेन्द्र श्रेष्ठ पार्टी केन्द्रिय विभाग सदस्य बद्री अर्याल,पार्टी जिल्ला कमिटी सदस्य गणेशप्रसाद ढकाल बबिता खापुङ,युवा नेता आनन्द बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।
अनेमसंघ नगर कमिटीकी अध्यक्ष कविता शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम नगर कमिटीकी सचिव गोमा कट्वाल देउजाले सञ्चालन गर्नु भएको थियो ।




















