उदयपुर,२० फागुन । नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान (संगठन विस्तार तथा सुदृढीकरण ) उदयपुरको चौदण्डीगढी नगरपालिकामा सुरु भएको छ ।  चौदण्डीगढी नगर कमिटीको आयोजनामा शुक्रबार देखि दुईमहिने अभियान सुरु भएको हो ।

नेकपा एमाले केन्द्रिय सदस्य अमृतलाल राजबंशीको प्रमुख आतिथ्यतामा अभियानको औपचारिक शुभारम्भ गरिएको एमाले उदयपुरका परमेश्वर घिमिरेले जानकारी दिनुभयो ।  कार्यक्रमका प्रमुख अतिथी नेता राजबंशीले ‘मिसन ग्रासरुट’ अभियानलाई सफल बनाउन पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्नु भयो। वहाँले पार्टीको गतिविधिलाई गाउँ गाउँमा तीव्र बनाउनुपर्नेमा जोड दिनु भयो । वहाँले भन्नु भयो ‘एमालेको भूमिकालाई प्रभावकारी बनाउन सम्पूर्ण नेता कार्यकर्ता जोडसित लाग्नुपर्छ यस पटक सत प्रतिशत जित हासी गर्न नसकेको चौदण्डीगढी नगरपालिकामा अर्को पटक सत प्रतिशत जित निकाल्न सकिन्छ।

334254416_760709535618630_5669657723428501816_nकार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमले उदयपुर जिल्ला पार्टी सचिव एवम चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आफु हाल पार्टीको दुई प्रमुख जिम्मेवारीमा रहेको बताउदै नगर प्रमुख हैसितबाट गर्ने जनस्तरका कार्य र पार्टी सचिवको तर्फबाट गर्नु पर्ने सबै खाले अभियान (संगठन विस्तार तथा सुदृढीकरण)मा आफु जिम्मेवारका साथ लागि पर्ने बताउनु भयो। वहाँले विगतका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताउनु भयो। वहाँले, ‘एकआपसमा रहेका असमझदारीलाई हटाउँदै एमालेलाई अझ बलियो बनाउँदै जनताको पक्षमा काम गर्दै जानुपर्नेमा जोड दिनु भयो।

330616858_954796585968076_2502734395969606269_nकार्यक्रम एमाले चौदण्डीगढी नगर कमिटी अध्यक्ष श्यामबहादुर राइको अध्यक्षतामा संचालन गरिएको थियो भने कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्यहरु लक्ष्मीनारायण चौधरी, बेदप्रसाद पोखरेल, प्रदेश सदस्य लालबहादुर भन्डारी, देवराज राइ, होम बहादुर दाहाल सहित उदयपुर जिल्ला कमिटीका सचिवालय सदस्य तथा जिल्ला सदस्यहरु अतिथी रहनु भएको थियो। कार्यक्रममा नगरका वडा अध्यक्ष, नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो।