विराटचोक,२२ फागुन । मोरङको सुकुना बहुमुखी क्याम्पसमा चैत्र ५  गते हुन गईरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियुले सभापति र सचिव पदको उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । केहीदिन अघि पार्टी नगर  कमिटी र क्याम्पस कमिटीको सयुक्त बैठकले सभापतिमा मनोज कार्की र  सचिवमा एलिश ओझालाई उम्मेदवार बनाउने निर्णयगरेको हो ।

अन्य पदकालागि उम्मेदवारहरु चाँडै टुंगो लगाउने अनेरास्ववियु सुकुनाका नेता नवराज दाहालले जानकारी दिनुभयो । जम्मा २१  सिटको  प्रतिनिधि रहने सुकुना क्याम्पसको स्ववियुमा उपसभापति सहसचिव पदको लागि निर्वाचनपछि  नतिजाबाट आएको निर्वाचित सदस्यहरुबाट छानिने व्यवस्था  रहेको छ । उपसभापतिमा रविन भण्डारीलाई अघि सार्ने भएको छ भने कोषाध्यक्ष र  प्रतक्ष्य तथा समानुपातिक तर्फका सदस्यहरूको उम्मेदवारहरुको टुंगो लगाउन बाँकी रहेको छ  ।

निर्वाचनको मिति नजिकिए संगै जित हासिल गर्न अनेरास्ववियुले आफ्नो गतिविधिलाई तीव्र पारेको छ ।  योसँगै अनेरास्ववियुले जित्ने दाबी पनि गरेको छ । विधार्थीहरुका शैक्षिक समस्याहरुका लागि सक्रिय भूमिका,बलियो संगठन निर्माण, नेता कार्यकर्ताहरूको जुझारु पन,क्षमतावान उम्मेदवार  लगायतका कारण जित्ने आधार भएको अनेरास्ववियुले बताएको छ  ।

 उक्त क्याम्पसको स्थापनाकालदेखि हालसम्मको स्वतन्त्र विद्यार्थी युनियनको  निर्वाचनमा अनेरास्ववियुले हाल सम्म जित्दै आएको छ ।