- भगवती न्याैपाने
नेपालको राजनीतिक आकाशमा अस्थिरताको कालो बादल मडारिएको दृश्यले आम जनतालाइ चिन्तित बनाएको छ । हिजोको जनयुद्धको नायक भनिएको मान्छे नै आज अस्थिर राजनीतिको खलनायक बन्नु अत्यन्तै दु:खद् हो । उहाँलाई अस्थिर बनाउन धेरै कुराले काम गरेको छ:
पहिलो: विदेशीहरुले आफु अनुकुल नचले हेग देखाएर तर्साउनु
दोस्रो: द्धन्द्ध पीडितहरुबाट नै असुरक्षित महशुस गर्दा सत्ताको आडमा सुरक्षित बन्न सक्ने मनोबिज्ञान
तेस्रो: अस्वस्थ खेलमा रमाएर आफुलाइ पिरोल्ने केही सवालहरुबाट मुक्त हुने चाहना
चौथो: देशभित्र र बाहिरका कम्युनिष्ट विरोधीहरुले वहाँको अस्थिर स्वभावको उपयोग गर्दै नेपालको कम्युनिष्ट आन्दोलन कमजोर बनाउने रणनीतिमा सत्ताको मोह देखाएर देखाएर फसाउनु
उहाँको बोलीमा अस्थिरता , व्यवहार र भुमिकामा अस्थिरता अहिले मात्रै होकी पहिलेदेखि नै हो भन्ने विषयमा वहाँलाइ लामो समयसम्म बेहोर्नेहरु मोहन वैद्य, सिपी गजुरेल, मुमराम देखि आज नेकपा ( एमाले ) मा रहने पुर्व माओवादीका नेताहरुले बताउदै आउनु भएको छ ।
आजको समस्या होईन पहिलेदेखि कै समस्या हो । झुट बोल्ने, नियतबस गल्ती गर्ने अर्थात तत्कालका फाइदाका लागि गल्ती गर्ने, फाइदा लिईसके पछि माफ मागेर गल्ती गरेको महशुस गरेजस्तो अभिनय गर्ने त वहाँको स्थापित प्रवृत्ति हो । पछिल्लो दिनहरूमा प्रचण्डको यही प्रवृत्तिले मुलुकले धेरै सास्ती व्यहाेरेकाे छ ।
नेपालका केही राजनीतिक दल नेपाली कांग्रेस र नेकपा ( एमाले ) ले नचिनेर होईन राम्रोसँग चिनेर पनि प्रचण्डसँग पालैपालो सहकार्य गरे । नेकपा ( एमाले ) ले कम्युनिष्ट पार्टी भनिएकाले उहाँलाइ बदलन कोशिश गर्ने र वहाँको पछि लाग्ने पंक्तिलाइ कम्युनिष्ट आन्दोलनमा जोड्ने मनसायका साथ सहकार्य गर्यो भने कांग्रेसले उसलाई उपयोग गरेर आफ्नो प्रतिस्पर्थी पार्टी नेकपा ( एमाले ) लाइ कमजोर बनाउने अर्थात नेपालमा कम्युनिष्टहरुलाइ कमजोर बनाउन कम्युनिष्ट पार्टी नै प्रयोग गर्न पर्छ भन्ने निष्कर्ष निकालेर सहकार्य गर्यो ।
माओवादीका केही नेता कार्यकर्ता भने प्रचण्डको असली चरीत्रका बारेमा टिप्पणी गर्दा या वहाँबाट मुलुकले बेहोर्नु परेको कष्टका बारेमा प्रश्न उठाउँदा लोकतान्त्रिक गणतन्त्र, संघियता, धर्म निरपेक्षता र समावेशी समानुपातिक व्यवस्थाका नायक नै प्रचण्ड हो अर्थात वहाँ नेपालको माओत्सेतुङ नै हो भन्ने जवाफ दिने गर्दछन । यस्तो जवाफ दिनेहरुलाइ म प्रश्न गर्न चाहन्छु:
त्यसो भए प्रचण्डले आफैले नेतृत्व गरेको मुद्धा र अहिलेको व्यवस्थाप्रति वितृष्णा जगाउने भुमिका खेल्न पनि छुट पाउन पर्छ भन्ने हो ?
जनताको व्यवस्थालाइ यति धेरै कुरुप र दुषित बनाउन पाउन पर्छ भन्ने हो ?
हामीले ल्याएको व्यवस्थामा जनताको जीवनस्तर बदल्ने होईन हाम्रो जीवन स्तर बदल्न पाउन पर्छ, लुट्दा लुट्दा देश नै कंगाल बनाउन पाउन पर्छ, अरु द्वन्द पिडित म र मेरो परिवारको हाइफाइ हेरेर बसिरहुन वा दु:खमा छट्पटीदै याकुलव्याकुल बनुन भन्नका लागि हो ?
एमसीसी पास गर्न अमेरिकालाइ पत्रबाट आस्वस्त पार्ने तर नेपालली जनतालाइ नानाथरी भनेर ढाट्ने जस्ता अनगिन्ती झुटको खेती गर्नका लागि हो ?
सत्ता स्वार्थका लागि एकघण्टामा एकठाउँबाट अर्को ठाउँमा जम्प गर्दै मुलुकलाई अस्थिर बनाउनका लागि हो ?
आज त प्रचण्ड कम्युनिष्ट पार्टी रोज्ने की सत्ता राजनीतिको स्वादमा रमाएर बस्ने कुरा रोज्ने भन्ने हो भने उहाँ सत्ता राजनीति नै रोज्ने ठाउँमा हुनुहुन्छ । देश असफलताको बाटोमा छ , यो परिस्थितिमा सम्पूर्ण जनता समेत देशप्रति जिम्मेवार बन्नु पर्ने हुन्छ । आजको अवस्था हेर्दा मुलुकलाइ बचाउने केही उपायहरु मात्रै बाँकी छन । पहिलो हो दिर्गकालिन रुपमा प्रजातान्त्रिक धारको नेतृत्व गर्ने गरि कांग्रेस र वामपन्थी धारको नेतृत्व गर्ने गरि नेकपा ( एमाले) मात्रै रहने गरि दुई ध्रुवको राजनीति कायम गर्ने । त्यसका लागि आज ति दुई पार्टी मिलेर मात्रै सम्भव छ । त्यसो हुँदा आजका साना दलहरूले बैचारिक रुपमा आफ्नो निकट कित्ता रोजेर समाहित हुनेछन ।
यदि यो अबस्था बन्यो भने मुलुकमा प्रतिगामी धारको नेतृत्व गर्ने राजवादी धारको समेत अस्तित्व समाप्त हुनेछ । एक सिट जिते पनि सत्तामा जान पाइन्छ भनेर पार्टी बनाउने र उट्प्ट्याङ कुरा गरेर निर्वाचन जित्ने अनि उनिहरु जता अवसर पाइन्छ त्यतै लाग्ने अवस्था बन्ने । यस्तो अवस्था आउन दिन हुँदैन । नेपालको राजनीतिक दलहरुमा कांग्रेस, एमाले, माओवादी र राप्रपा, नेमकिपा र जनमोर्चा मा मात्रै हुन बीचारको जगमा उभिएका राजनीतिक दल । ति मध्य माओवादी जुन जगमा खडा भयो उ आज बैचारिक स्खलनको पोखरीमा चुर्लुम्म डुब्यो, राप्रपा राजनीतिक अस्थिरताको जगमा उभिएर राजतन्त्र फर्काउने दाउमा छ, राजनीतिक स्थिरता कायम गर्न सक्ने वितिकै उसको अस्तित्व समाप्त हुनेछ ।
नेमकिपाका केही बैचारिक मान्यता भएपनि नेतृत्व निर्माण , हस्तान्तरण र संगठन विस्तार असम्भव जस्तै छ किनकी यो पार्टी भनेकै नारायणमान बिजुक्छे मात्रै हुन । राष्ट्रिय जनमोर्चाले बचाउदै आएको उसको बैचारिक मान्यता पनि पछिल्ला दिनहरुमा दक्षणपन्थी धारमा गएर विलय भयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी कुनै बैचारिक जगमा खडा भएको पार्टी नै होईन , उसको पुग्ने गन्तव्य पनि छैन , रबी लामिछानेले बेथितिका बारेमा चर्को बोलेर केही मानिस आकर्षित गरेका र एनजिओ , आइएनजिओमा जस्तै अवसरका लागि बिज्ञापन गरि मान्छे भेला गरेर टिकट बितरण गरि केही सिट जित्न उ सफल भएको छ । यदि राजनीतिक स्थिरताको सुनिश्चितता नहुँदासम्म कांग्रेस र नेकपा ( एमाले ) मिलेर जाने प्रण गरे भने आज रास्वपामक लाग्नेहरु देशलाई योगदान गर्न मन लागे यि दुई मध्य एक पार्टीमा उभिने छन ।
अवसरकै लागि खोलिएका साना राजनीतिक दल जो आज अस्थिर राजनीतिको बहाक बनेका छन उनिहरुको अस्तित्व समाप्त पार्न थ्रेसहोल्डका लागि चाहिने प्रतिशत बढाउन आवस्यक पर्छ । यो विकल्पमा नगए अर्को विकल्प भनेको ठुलो आन्दोलन मार्फत अस्थिरता बहाक । सनराइज खबरबाट




















