पथरी,२६ फागुन । आसन्न चैत ५ गतेको स्ववियु निर्वाचनमा पथरी शनिश्चरे नपा वडा नं. १ अवस्थित पथरी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको उज्ज्वल लकाद्रीको प्यानल एक्लै भिड्ने भएको छ । तीन दलीय गठबन्धनको घेराबन्दीका बावजुद पनि क्याम्पसमा नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु एक्लै भिड्ने भएसँगै यसलाई स्थानीय राजनीतिक लडाइँको रूपमा हेरिएको बताइन्छ ।
यो पनि पढ्नुहोस - अनेरास्ववियुको होल्ड रहेको बोल्ड स्ववियु भन्ने सन्देश दिनुपर्नेछ : लकान्द्री
अनेरास्ववियुको पक्षमा जनमत क्रमशः बढ्न थालेपछि आफू अध्ययनरत पथरी बहुमुखीमा क्याम्पसमा तीन दलीय गठबन्धन गाँठो पर्न थालेको क्याम्पस इकाइँ कमिटी अध्यक्ष रोशन कटुवालले बताएका छन् ।
विद्यार्थी हकाधिकार र सामयिक मुद्दामाथि बहस पैरवी गर्ने अनेरास्ववियुबाट ततर्किदै हाम्राविरुद्ध गतिविधिमा एकरुपता ल्याउन खोज्ने गठबन्धन नेतृत्वको नेपाली काँग्रेस निकट नेविसंघ, नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारी र नेकपा (एस) निकटको अनेरास्ववियू समाजवादीको घेराबन्दी रहेको छर्लङ देखिन्छ अध्यक्ष कटुवालले थपेका छन् ।
यो पनि पढ्नुहोस - सुकुनामा अनेरास्ववियुले गर्यो उम्मेदवारी घोषणा



















