विराटनगर,२८ फागुन । इटहरी उप महानगर पालिकाका पूर्व मेयर द्वारिकालाल चौधरी पुन: एमालेमा फर्किने भएका छन् । एमालेबाट २०७४ सालको निर्वाचनमा इटहरीको मेयर जितेका चौधरी प्रदेशसभाको निर्वचनमा माओवादीका तर्फबाट उम्मेदवार भएका थिए ।

मेयर हुँदा विवाद र चर्चामा आएका चौधरी काङ्ग्रेस सँगको गठबन्धन हुँदा समेत सुनसरी २(१) बाट पराजित भए । निर्वाचनमा पराजित भएपछि मौन रहेका चौधरीले आफ्नो घरमा अरू आएर रजाइँ गरेकाले एमालेमै फर्किएको बताए ।

कुरा गर्दै उनले भने- सुनसरीमा एमाले बनाउन द्वरीकले जति मेहनत कसले गरेको छ ? १,२,३,४ नाम दिनुस् । एमाले बनाउने म रजाइँ गर्ने अरू ? प्रश्न गर्दै उनले आफूले बनाएको घर फर्कन कसैलाई सोध्न नपर्ने बताए ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहंकार बोक्ने व्यक्तिको विनास हुने बताएका छन् । पार्टी कन्द्रीय कार्यालय च्यासलमा आयोजित खेलकुद महासंघको नवनिर्वाचित कमिटीको शपथग्रहणपछि सम्बोधन गर्दै उनले अहंकार दिमागमा पस्यो भने त्यसले अन्य कुरालाई रोक्ने बताए ।

अंहकार बोक्यो भने कुनै पनि व्यक्ति कतै पनि सफल हुँदैन । त्यो मानिसको विनास हुन्छ जसले अहंकार बोक्छ, अहंकारले दिमागमा अन्य कुरा पस्नै दिँदैन । आफू बस्छ ढोका लगाएर चुकुल लगाउँछ । केही चिज पस्दै दिँदैन आफू मात्रै बस्छ । अंहकार यस्तो गरी बढ्दै जान्छ कि त्यसले कोठा नै फुटाउला जस्तो गर्छ, उनले भने त्यसैले मस्तिष्कमा अहंकार पस्न दिनु हुँदैन । खेलाडीले अहंकारलाई जे जे हानेर हुन्छ भगाइहाल्नु पर्छ । अहंकारलाई फ्लाइङ किक हाने वा राउन्ड किक हानेर बजाइदिनुहोस् । बक्सिङ, कराँते, जुडो के हुन्छ अहंकारलाई बजाइदिहाल्नु । अहंकारले मितेरी लगायो भने त्यसले खत्तम पार्छ । त्यसैले अहंकारसँग जम्काभेट हुनु हुँदैन, भयो भने दिइहाल्नु पर्छ दनक ।