धरान,२८ फागुन । कोसी प्रदेश स्थित त्रि. वि. इन्जिनियरिङ अध्ययन संस्थान क्याम्पस धरानमा यही चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले आर्किटेक चौथो वर्षमा अध्ययनरत अशेष रेग्मीको नेतृत्वमा प्रत्यक्ष र समानुपातिक गरि एकल मनोनयन दर्ता गरेको छ ।
सचिवमा संकल्प खतिवडा कोशाध्यक्षमा दिपर्शन ढकाल ८ सदस्य गरि प्रत्यक्षमा ११ र समानुपातिकमा ८ गरेर जम्मा १९ जनाको मनोनयन दर्ता भएको छ ।
साथै नेविसंघ र जसपा निकट विद्यार्थि संगठनले तालमेल गरेका छन भने अखिल क्रान्तीकारी पनि एक्लै चुनावमा होमिएको छ ।
पुर्वान्चल क्याम्पस कोसी प्रदेशको इन्जिनियरिङ अध्ययन हुने मध्येको ठुलो क्याम्पसको रुपमा स्थापित छ । करिव २ हजार जना भन्दा बढी अध्ययनरत रहेका यस क्याम्पसमा बिगत समय देखि नै स्ववियुमा अनेरास्ववियुले प्रतिनिधित्व गर्दै आएको छ ।
शैक्षिक गुणस्तर , पर्याप्त पुर्वाधार, डिजिटल शैक्षिक बाताबरण , स्वबियुलाइ गर्बिलो संस्थाको रुपमा स्थापित ,स्ववियु र विद्यार्थि "सधै - संग संगै " जस्ता विद्यार्थिका मुद्दाहरु सम्बोधन गर्ने विषयमा आफ्नो मुख्य लक्ष्य लिएर अनेरास्ववियु चुनावमा होमिएको सभापति पदका प्रत्यासी अशेस रेग्मीले बताए। "हामिले गरेका प्रतिबद्धता, अनेरास्ववियुले खेलेको भुमिका र संगठनले उठाएका झुजारु उम्मेदवार हेरेर मतदाताहरुले हामीलाई जिताउनु हुनेछ भन्ने बिस्वास लिएका छौ।" रेग्मीले बताए।।
"हामी उठनका लागि मात्र हैन,जित्नका लागि उठेका हौ। फेरि जित्नका लागि मात्रै हैन। बिगतमा हामीले लिएका पहलकदमी लाई निस्कर्शमा पुर्याउन सक्ने साथै कार्यकाल अवधीभर स्वबियुलाई नेतृत्व प्रदान गर्ने खालको टिम हामिले निर्वाचनमा उतारेको छौ" अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष चौथो बर्ष अध्ययनरत अभिषेक कट्वालले भने।




















