विराटचोक,२८ फागुन । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत मोरङको केराबारीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  केराबारी  गाउँपालिका कमिटीको आयोजनामा राजनीतिक वैचारिक बिषयमा आइतबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको  हो ।

गाउँपालिका कमिटीका सदस्यहरु  जनवर्गीय संगठनका प्रमुखहरु वडा इञ्चार्ज  तथा पदाधिकारीहरुलाई प्रशिक्षण दिइएको एमालेका स्थानीय युवा नेता एवं अनेरास्ववियु मोरङका सहसचिव संगम कन्दंगवाले   जानकारी दिनु भयो।

332159474_2193925447662428_296850886049974654_nअभियानको क्रममा केराबारीमा खटिनुभएका केन्द्रिय प्रतिनिधि नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एव राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेता दाहालले पछिल्लो समय पार्टी भित्र जेपनि गर्दा हुने परिपाटीको अवस्था सिर्जना भएको हुँदा त्यसलाई व्यवस्थित गर्न मिसन ग्रासरुट  अभियान सुरु गरिएको बताउनुभयो । क्रममा प्रशिक्षणका क्रममा नेता दाहालले पार्टीको १० औं महाधिवेशनको  कार्यदिशा र दक्षिणपन्थी अवसरवाद,संगठनात्मक अराजकता  विरुद्धको वैचारिक संघर्षको विषयमा प्रशिक्षण  दिनुभएको थियो  ।

त्यसैगरी उक्त कार्यक्रममा नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्य तथा पूर्व राज्यमन्त्री राजकुमार ओझाले पार्टी निर्माण र  बिभिन्न राजनितिक दलहरु सँग एमालेको भिन्नताका बिषयमा बोल्नुभएको थियो । त्यस्तै कार्यक्रमका अर्का प्रशिक्षक पार्टीका कोशी प्रदेश कमिटी सदस्य इन्जिनियर संजिव रोक्काले समाजवादका आधार निर्माण र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समसामयिक राजनीतिक परिस्थिति र पार्टीको दृष्टिकोण पार्टी सञ्चालनमा सूचना संचारको  विषयमा प्रशिक्षण दिनु भएको थियो ।

332167643_112954488410863_508134875252249084_nकार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटीका सचिवालय सदस्य कोशी प्रदेश सभाका सांसद खड्गबहादुर बस्नेत, नेकपा एमालेका केन्द्रीय विभाग सदस्य  बद्री अर्याल नेकपा एमाले मोरङका उपसचिव शान्ती लिम्बू  भुजेल जिल्ला कमिटी सदस्य तथा केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ  जिल्ला कमिटी सदस्य एवं  केराबारी गाउँपालिकी उपाध्यक्ष मनु मगर लगायतको आतिथ्यता  रहेको थियो । 

एमाले केराबारी गाउँपालिका कमिटीका अध्यक्ष पूर्ण मगरको अध्यक्षतामा भएको उक्त प्रशिक्षण कार्यक्रम पालिका कमिटीका सचिव भीम  कार्कीले सञ्चालन गर्नु भएको थियो ।  

kerwari