रौतहट,१ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुवीर महासेठले विदेशीको ईसारामा माधव नेपाल कांग्रेसको पुच्छर समाउन पुगेको आरोप लगाउनु भएको छ । बुधबार नेकपा एमाले रौतहट जिल्ला कमिटीले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षणात्मक भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी महासेठले यस्तो कुरा बताउनु भएको हो ।
त्यसै गरी उक्त कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुषोत्तम पौडेलले छिमेकका सचिवको धम्किमा लुत्रुक्क परेर एमालेले प्रधानमन्त्री वनाएका प्रचण्ड कांग्रेसको काखमा रमाउन पुगेको बताउनु भयो । " मिसन ग्रास रुट " पार्टी सुदृढीकरण र विस्तार अभियान कार्यक्रम अन्तर्गत पहिलो चरणमा सवै पालिकामा पालिका कमिटी गठन गर्ने कार्य सकिएको कार्यक्रमका विशेष अतिथी समेत रहनु भएका नेता पौडेल जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा प्रदेश कमिटीका सदस्यहरु,जिल्ला कमिटीका सदस्यहरु, पालिका कमिटीका पदाधिकारीहरु तथा जनसंगठनका केन्द्रीय सदस्य तथा जिल्लाका पदाधिकारीहरु सहभागी भेलामा २०० भन्दा वढि नेता कार्यकर्ताहरुको सहभागितामा रहेको थियो ।
पार्टी अध्यक्षता जिल्ला संयोजक सचिदानन्द साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य प्रभु हजरा, रेखा झा, मन्जु थापा, सल्लाहकार भोजराज दहाल सहित प्रदेश कमिटीका सवै सदस्यहरुको उपस्थिति थियो भने दिपक यादवले स्वागत मन्तव्य र वालविक्रम कार्कीले कार्यक्रम संचालन गर्नु भएको थियो ।




















