रौतहट,३ चैत्र । नेकपा एमालेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार ) अभियान रौतहट जिल्लामा दोस्रो चरणमा प्रवेश गरेको छ । १ महिना अघि देखि सुरु भएको अभियान पहिलो चरणको कार्यक्रमहरु सम्पन्न गरी दोस्रो चरणमा प्रवेश गरेको हो ।
बिहीबार चपुरमा वसेको केन्द्रीय प्रतिनिधि,प्रदेश कमिटी सदस्य र जिल्ला पदाधिकारीहरुको बैठकले पहिलो चरणको कार्यक्रमहरु सम्पन्न गरी दोस्रो चरणमा प्रवेश गरेको जानकारी दिएको छ ।
पहिलो चरणको अभियान अन्तर्गत जिल्लाका सबै पालिकामा कमिटि गठन गर्ने लगायतको काम सकिएको पार्टीका पोलीटव्युरो सदस्य एव पुर्वमन्त्री पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।
एमाले रौतहटको समन्वयकर्ता समेत रहनु भएका नेता पौडेलको संयोजनमा बसेको बैठकले दोश्रो चरणका लागि हरेक पालिकामा प्रदेश कमिटी सदस्यको नेतृत्वमा पालिका अभियान टोली गठन गर्ने निर्णय गरेको छ ।
टोलीमा उक्त पालिकामा रहेका जिल्ला कमिटी सदस्यहरु, जनसंगठनका केन्द्रीय सदस्य , जनसंगठनका जिल्ला कमिटी पदाधिकारीहरु र पालिका कमिटीका पदाधिकारी रहने छन ।
यो पनि पढ्नुहोस : विदेशी ईसारामा माधव नेपाल कांग्रेसको पुच्छर समाउन पुगे : रघुवीर महासेठ
यस्ता छन् टोलीले गर्ने कामहरु
१. टोलीले आफ्नो जिम्मामा रहेको पालिका कमिटीको वैठकवाट योजना वनाई पालिका स्तरमा सल्लाहकार परिषद र जेष्ट कम्युनिष्ट मन्च गठन गर्ने र वडामा सदस्यता नविकरण र कमिटी गठनको योजना वनाउने ।
२. सवै वडामा सदस्यता निस्चित गरी नविकरण गर्ने र नया सदस्यता वितरण गरेर रजिष्टर खडा गर्ने ।
३. सवै वडामा पार्टी वडा कमिटी गठन गर्ने ,
४. सवै वडामा सम्भव जन संगठनका वडा कमिटी गठन गर्ने ,
५. वडामा सम्मान गर्नु पर्ने जेष्ठ नागरिक तथा विशिष्ट योगदान गरेका व्यक्तिहरूको लिष्ट वनाई सम्मान गर्ने र नगरमा सिफारिस गर्ने ।
६. सम्भव भएका वडामा सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मन्च तथा टोल कमिटीहरु गठन गर्ने ।
७. प्रत्येक वडावाट नया युवा तथा विभिन्न सामाजीक कार्यमा लागेका युवाहरुको लिष्ट वनाऊने र समय मिलाएर अन्तर्क्रिया गर्ने ।
८. सबै जनसंगठनको जिल्ला कमिटी गठन गरिने छ ।
बैठकले सबै कामहरु चैत्र १७ गते भित्रमा सम्पन्न गरी रिपोर्ट गर्न पनि निर्देशन गरेको छ ।



















