धनकुटा,३ चैत । लामो समयपछि धनकुटा बहुमुखी क्याम्पसमा स्ववियु गठन भएपछि एमाले निकट अनेरास्ववियु धनकुटा जिल्ला कमिटीका अध्यक्ष प्रकाश गिरीले सबैलाई बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत नवनिर्वाचित् उनले बधाई दिएका हुन् । यस्तो छ उनको स्टाटस
धनकुटा बहुमुखी क्याम्पस कुनैबेला आन्दोलनको भट्टी थियो । तिनै आन्दोलनका भट्टीहरुबाट जन्मिएका थुप्रै विद्यार्थी नेताहरू आज विभिन्न राजनैतिक पार्टीका उच्च ओहोदामा छ्न र रास्ट्रका मुख्य जिम्मेवार पदहरुमा समेत पुगिसकेका छन् । यधपी लामो समयदेखि स्वतन्त्र विधार्थी युनियन (स्ववियु)को निर्वाचन हुन नसक्दा धनकुटा बहुमुखी क्याम्पसमा विधार्थी आन्दोलानै कम्जोर हुदै गहिरहेको थियो ।
चुनावको नतिजा आफ्नो पक्षमा नआउने देखिएपछि कुनै न कुनै बहाना बनाएर चुनाव रोक्ने प्रवृत्ति धनकुटा बहुमुखी क्याम्पसमा हुँदै आएको थियोे । तर यसपटक भने कुनै पनि बहाना वा कारणले स्ववियु चुनाव हुन नदिँदाको घाटा विद्यार्थी सङ्गठनहरूलाई नै भइरहेको छ भन्ने अनुभूति धनकुटामा क्रियाशील विद्यार्थी सङ्गठनहरू लाई लाग्यो र त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये धनकुटा बहुमुखी क्याम्पसमा १४ वर्ष पछाडि स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसहित सबै पदमा निर्विरोध निर्वाचित भएका छन् ।
धनकुटा बहुमुखी क्याम्पसमा एमालेनिकट अनेरास्ववियुले जित्दै आएकोमा यसपटक अनेरास्ववियुकै नेतृत्वमा सर्वसम्मत स्ववियु चयन भएको छ । साथै धनकुटाका ५ वटा क्याम्पसमा सर्वसम्मत स्ववियु निर्वाचन सम्पन्न भएको छ । सर्वसम्मत गर्न भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण आदरणीय ब्याक्तित्वहरू लाई म अनेरास्ववियु धनकुटा अध्यक्षको तर्फबाट हार्दिक धन्यवाद ब्याक्त गर्न चाहान्छु साथै सम्पूर्ण निर्वाचीत बिधार्थीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
प्रकाश गिरी
अध्यक्ष,अनेरास्ववियु जिल्ला कमिटी धनकुटा




















