वारङ्गी,१५  चैत ।  नेकपा (एमाले)को मिसन ग्रासरुट अभियानको क्रममा मोरङको उत्तरी विकट पहाडी क्षेत्र वारङ्गीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  नेकपा (एमाले) लेटाङ नगरपालिकाको विकटको रुपमा चिनिएको ७ न.वडा कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

338402554_1251424212445223_5874518704220659071_nसोमबार भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी पोलिटव्युरो सदस्य जितु गौतमले प्रशिक्षणले  दिनु भएको थियो । नेता गौतम लेटाङमा खटिनु भएका  पार्टीका केन्द्रिय अभियन्ता पनि हुनुहुन्छ । विकट पहाडी क्षेत्रमा पनि पार्टीलाई मायाँ गरेर जनताहरुको उत्साह जनक सहभागिता रहेको पुर्व केन्द्रिय राज्यमन्त्री समेत रहनुभएका गौतमले जानकारी दिनु भयो । 

वारङ्गीका अध्यक्ष खगेन्द्र लिम्बूको अध्यक्षतामा उक्त प्रशिक्षण कार्यक्रममा पार्टी कोसी  प्रदेश कमिटी सचिवालय सदस्य नागेश पोख्रेल,जिल्ला सचिवालय सदस्य सेरमान तामाङ,लेटाङ नगर कमिटी अध्यक्ष कृष्णप्रसाद लुइँटेल,सचिव जित बहादुर लामा लगायतको आथित्यता रहेको थियो भने डम्बर राईले कार्यक्रम संचालन गर्नुभएको थियो ।

May be an image of 3 people, people standing, people sitting, outdoors and tree