काठमाडौं,१६ चैत  । नेकपा एमालेबाट छुट्टीएर स्थापना भएको पार्टी नेकपा एकीकृत समाजवादी दुई वर्ष नपुग्दै फुटको संघारमा पुगेको छ । नेकपा एसका  संस्थापक नेताहरू केदार न्यौपाने र चुडामणि जंगलीले दिएको राजिनामा स्वीकृत भएसंगै  पार्टीभित्र असन्तुष्टिको आवाज उठ्न थालेको छ ।

अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल पछि तेस्रो वरियतामा रहेका मुकुन्द न्यौपानेले पनि नेकपा एस भित्र फरक मत राख्दै आएका छन् । कांग्रेसको सहयोगी भएर वामपन्थी आन्दोलनको हित नहुने भन्दै एमालेसँग सहकार्य गर्न नेताहरुले पार्टीमा प्रस्ताव समेत राखेका छन् ।

राजीनामा दिएका नेता जंगलीले  भने असन्तुष्टि जनाएका नेताहरुलाई समेटेर एमालेमा जाने तयारी गरिरहेका छन् । पार्टीले भने मा सामान्य रुपमा लिएको छ ।  यस्तो ओहरदोहर केही वर्ष चलिरहन्छ एक दुइ वर्ष यस्ता घटनाक्रमहरु घटीरहने नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले बताउनु भयो | 

अनि जसको राजीनामा हामीले स्वीकृत गर्यो उहाँहरुले एमालेमा जान्छु भनेर राजीनामा दिनुभएको होइन केही नीतिगत कुराहरुमा हाम्रो असहमति छन् भनेर राजीनामा दिनुभएको  खतिवडाले बताउनु भयो ।  त्यो नीतिगत विषयमा पुनः छलफल गर्न सकिन्छ पार्टीबाट हटाइएको छैन पदको राजीनामापत्र दिनुभएको मात्र  स्वीकार गरिएको खतिवडाको भनाई छ ।

 राष्ट्रपति पद लिएर पार्टी एकता  गर्ने प्रस्ताव नमानेको भन्दै अध्यक्ष नेपाल प्रति असन्तुष्ट जनाएको विश्लेषण गरिएपनि त्यस्तो नभएको नेकपा एसको दाबी छ ।तर माउ  पार्टी एमालेमा समाहित हुन खोज्दा नेताहरुमा पदको स्वार्थ देखिएको विश्लेषण हुन थालेको छ । नेकपा एस राष्ट्रिय पार्टी पनि बन्न नसकेको र थोरै सिट हुँदा बिच्किएका नेताहरु एमालेमा अवसरको खोजी गर्दै गएको राजनीतिक विश्लेषक प्रा.डा.तारा सापकोटाको  टिप्पणी छ ।

नेकपा एसमा थोरै सिट भएकै कारण अवसर कम पाउने हुँदा नेताहरुले एमालेमा जान खोजेको पनि विश्लेषकहरूको  टिप्पणी छ । पछिल्लो समय  विकल्पको रुपमा उदाएका नेताहरु समेत पदिय स्वार्थमा लागेको कारण देशको राजनीति अझै फोहोरी भइरहेको अबस्था छ । त्यसमा पनि जुन पार्टीको विरुद्धमा गठन भएको पाटी यति छोटो समयमा बिचलित हुन खोज्नुले नेताहरुको नैतिक धरातल अझ खस्किएको अवस्था छ ।