विराटनगर,१७ चैत । नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत विराटनगर महानगरपालिकामा जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम गरिएको छ । नेकपा एमाले १२ नम्बर वडा कमिटीले वडाका १६५ जना भन्दाबढी जेष्ठ नागरिकहरुलाई शुक्रबार सम्मान गरेको हो ।
बिराटनगरको १२ नम्बर वडा स्थित गणेश मन्दिरमा भएको उक्त कार्यक्रम नेकपा एमालेका पोलिट्व्यूरो सदस्य एवं केन्द्रिय अभियन्ता विशाल भट्टराईको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
सम्मान कार्यक्रमको अवसरमा बोल्दै भट्टराईले नेकपा एमाले जेष्ठ नागरिकहरूलाई सम्मान गर्ने पार्टी भएकोले २०५१ सालमा एमालेको नेतृत्वमा सरकार भएको वेलामा बृद्धभत्ताको कार्यक्रम ल्याएको कुरा बताउनुभयो ।
उक्त कार्यक्रमा नेकपा एमालेका कोशी प्रदेश कमिटीका सदस्य तथा पूर्वराज्यमन्त्री राजकुमार ओझा,प्रदेश कमिटी सदस्य रमेश पोखरेलको विशिष्ट आतिथ्यता र पार्टी जिल्ला कमिटी सदस्य तथा विराटनगर ११ न. वडाका वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
वडा कमिटीका अध्यक्ष भानु पाठकको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमलाई वडा कमिटीकी सचिव हिमा मैनाली पोखरेलले सञ्चालन गर्नुभएको थियो ।
आज नै विराटनगर महानगरपालिका १ नं. वडाको पनिअधिवेशन सम्पन्न भएको छ । पार्टी पोलिटव्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले ईश्वर रिजालको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ । बिष्णुमाया पुस्तकालयमा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टीका कोशी प्रदेश कमिटी सदस्य राजकुमार ओझा, पार्टी जिल्ला कमिटीका उपाध्यक्ष बाबुराम कार्की लागायतको आतिथ्यता रहेको थियो ।






















