विराटचोक ,१९ चैत । बेलबारी नगरपालिका कमिटीअन्तर्गतका वडा कमिटीको दोस्रो वडा अधिबेशनबाट नयाँ अध्यक्ष सहित पदाधिकारी चयन भएका छन ।
शनिबार भएको अधिबेशनबाट बेलबारी वडा नम्बर १ मा योगेन राई २ मा राजु परियार,३ मा लिलाप्रसाद आचार्य (उज्ज्वल शर्मा) ४ मा सुजित बस्नेत ५ मा डिल्ली कटुवाल ६ मा पुष्कर जमरकटेल ८ मा विमल लिम्बू ९ मा धिरोज श्रेष्ठ,१० मा ताराहाङ राई र ११ मा सुजय गौतम अध्यक्षमा चयन भएको नेकपा एमाले बेलबारी नगरकमिटी अध्यक्ष ईरान राईले जानकारी दिनु भयो ।बेलबारी ७ मा भने सहमति भईनसकेको र सहमतिको प्रयास भईरहेको अध्यक्ष राईले जानकारी दिनु भएको छ ।
यो पनि पढ्नुहोस : पार्टी सदस्यको क्षमता अभिवृद्धिका लागि सुन्दरहरैंचामा एमालेले तालिम दिने
यस्तो छ बेलबारी ७ को अधिवेशनको जानकारी
पार्टीका पोलिटब्युरो सदस्य देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा बेलबारी ७ मा शनिबार दिउसो २ बजे बाट अधिवेशन गर्ने समय राखिएको भएपनि वडाका प्राय सबै सहभागी १ घण्टा अघिनै कार्यक्रम स्थल पुगेको देखिन्थ्यो । १६२ जना संगठित सदस्य रहेको यस वडामा सबैको उपस्थिति थियो।
अधिवेशनको खुल्ला सत्र समापन पछि बन्द सत्र हलमा सहभागी अधिकांशले निर्वाचन मार्फत नेतृत्व चयन गर्न दवाव दवाव दिए । सोमबार सम्म समय थप गरी सर्वसहमति ढंगले नेतृत्व चयनका पहल गर्ने र नमिलेको खण्डमा मङ्गलबार १० बजेबाट निर्वाचन हुने अध्यक्ष मण्डलले जानकारी दिएको छ ।
अध्यक्ष पदमा मित्र घिमिरे,चतुरलाल चौधरी उपाध्यक्ष पदमा प्रताप दाहाल,टीकाराम दाहाल ,बीमल बस्नेत,मिनाकुमारी चौधरी सचिवमा दिनेश थापा,रामकुमार घिमिरे ,उपसचिवमा गोपाल कार्की,सजिना दाहाल बस्नेत,संजयलाल चौधरीले दाबी गरेका छन् ।
अहिलेको राजनितिक परिस्थितिमा वडा तहमै उत्साह र प्रतिष्पर्धाले सङठनमा उत्साह थप्ने काम भएको कार्यक्रमका विशिष्ट अतिथि एमाले कोशी प्रदेश कमिटी सदस्य सन्जिव रोकाहाले बताउनु भयो ।























