पथरी,१९ चैत्र । नेकपा (एमाले) सम्बद्ध नेपाली उत्पीडित जातिय मुक्ति समाज नेपालको पथरी शनिश्चरे नगरपालिकाको तेस्रो नगर अधिवेशन हिजो नगरको शिवालय मन्दिर परिसरमा भव्यतापूर्वक सम्पन्न भएको छ । 

भीम रसाइलीको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनले नगरपालिका क्षेत्रअन्तर्गत बसोबासरत् तमाम दलित समुदायको तथ्यमूलक अध्ययन र तिनको स्तरोन्नतिको पक्षमा विषयगत बिचार–विमर्श गर्दै नवीन योजना निर्माण गर्नुका साथै योजना चुस्त कार्यान्वयनका लागि पूर्वजनप्रतिनिधि गीता विश्वकर्माको नेतृत्वमा २३ सदस्यीय नगरपालिका कमिटी निर्माण गरेको छ । 

अधिवेशनलाई प्रमुख अतिथिका रूपमा एमाले केन्द्रीय सदस्य युवराज बास्कोटाले मुक्ति समाज नेपालको आन्दोलनप्रति ऐक्यबद्धता र शुभेच्छा राख्दै प्रकृति सिर्जित सम्भयतामा कुनै विभेद नभएकोले मानव निर्मित सम्भयता विकासक्रममा देखिएको विभेदको पर्खाललाई ढाल्नुपर्ने अर्थमा कतिपय सन्दर्भलाई औल्याउँदै उहाँले पार्टीको जारी मिसन ग्रासरुटअन्तर्गत यो विषय लिएर तलतलसम्म जान राय सुझाउनुभयो । समुन्द्रको पानीमा दलित र गैरदलित सँगसँगै पौडिए पनि कुनै प्रश्न नउठ्ने तर यो पानी प्रशोधित भएर टुटी हुँदै भान्सा कोठामा आइपुग्दा पानी चलअचल हुने विवेकहिन र अवैज्ञानिक मान्यता र तदानुरुपका व्यवहारलाई हाम्रो दैनन्दिन जीवनमा चिर्नुपर्ने आवश्यकता रहेको उहाँले जोड दिनुभयो ।

यो पनि पढ्नुहोस : पार्टी सदस्यको क्षमता अभिवृद्धिका लागि सुन्दरहरैंचामा एमालेले तालिम दिने

336996135_752350556493256_2111154561794280097_nसामाजिक र राजनीतिक नेतृत्व विकासको क्रममा मुक्ति समाज नेपालका उपलब्धीको फेहरिस्त पस्कँनुहुँदै संगठनका केन्द्रीय सचिवालय सदस्य भद्रमान विश्वकर्मा, एमाले मोरङ जिल्ला कमिटी सदस्य निर्मला गदाल विश्वकर्मा र जनगायक वीरध्वज शिवाले सम्बोधन गर्नुभएको थियो । 

सहभागीमाझ चलाइएको बहस र छलफलपश्चात सर्वसम्मतिमा गीता विश्वकर्मा अध्यक्ष रहनुभएको २३ सदस्यीय नगरपालिका कमिटी चयन भएको छ । यसमा क्रमशः उपाध्यक्ष भागवत पासवान, सचिव अञ्जना परियार दर्जी, उपसचिव केशिका महत र कोषाध्यक्ष प्रमिला ल्वाहागुन हुनुहुन्छ भने यो पदाधिकारी मातहत कमिटीको सदस्यमा क्रमशः रेखा परियार, सीता रसाइली, कुमार परियार, उषा लम्जेल, आरती विश्वकर्मा, बीना परियार, सागर कर्मकार, पदमबहादुर ल्वहागुन, कुमारी रोका, अमृता घतानी, विक्रम विश्वकर्मा, सीता विश्वकर्मा, सुनता विश्वकर्मा, पूनम नेपाली, भूमा घतानी, सृष्टि विश्वकर्मा र सरु सुनचेउरी हुनुहुन्छ ।