केराबारी,२६ चैत । नेकपा एमालेको ‘मिसन ग्रासरुट अभियान’अन्तर्गत मोरङको केराबारी गाउँ पालिकामा पार्टीका अग्रज सदस्यहरुलाई सम्मान गरिएको छ । नेकपा एमाले केराबारी गाउँ पालिकाको ६ न. वडा कमिटीको आयोजनामा आइतबार भएको कार्यक्रममा उहाँहरुलाई सम्मान गरेको हो ।
पार्टीलाई योगदान पुर्याएका वडाका २५ जना अग्रज सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेशसभा सांसद खड्गबहादुर बस्नेतले सम्मान गर्नु भएको छ । पुराना पुस्ताको योगदान र मेहेनतले नै हाल पार्टी जिवन्त रहेको पार्टी जिल्ला कमिटी सदस्य प्रेम महतले बताउनु भयो ।
वडा कमिटीका अध्यक्ष प्रेम घलेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँ कमिटी अध्यक्ष पुर्ण मगर, पार्टी नेता कालिका गुरागाई, युवा संघ केराबारीका अध्यक्ष मिथुन देवान लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा वडा कमिटी उपाध्यक्ष बादल आले मगरले स्वागत मन्तव्य गर्नुभएको थियो ।



















