पथरी,२७ चैत । पथरीशनिश्चरेका नगरप्रमुख मोहनप्रसाद तुम्वापोले शहीद रत्नकुमार वान्तवाको शालिकमा माल्यार्पण सहित दोसल्ला ओढाएर लाल अभिवादन प्रकट गर्नुभएको छ।

चैत २७ गते अर्थात शहीद रत्नकुमार वान्तवाको ४४ औं स्मृति दिवसमा सोमबार विहान पथरीशनिश्चरे -०१ स्थित रत्नकुमार बान्तवा स्मारक स्थलमा पुगेर नगरप्रमुख तुम्वापोले अबिर र दोसल्ला ओढाएर  भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। "पूर्वका रातो तारा" उपनामबाट परिचित शहीद वान्तवाप्रति संविधान सभाका सभासद् तथा नेकपा एसका नेता चण्डीप्रसाद राईले समेत सम्मान प्रकट गर्नु भएको थियो।

नेता राईले नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकता हुने आशिर्वाद शहीद बान्तवाको आशिर्वाद प्रदान गरी एउटै पार्टीमा समाहित हुन र नेपाली कम्युनिष्ट आन्दोलन विभाजन नहोस् भन्दै आशिर्वाद प्रदान गर्न आग्रह गर्नुभएको थियो।

वान्तवाको ४४ औं स्मृति दिवसमाको उक्त कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका निवर्तमान मेयर दिलिप कुमार राई (किशोर ) पथरीशनिश्चरे १ का भीम कुमार राई,अमिर राई,भगत चन्द्र थपलिया, समेतले लाल अभिवादन अर्पण गर्नुभएको थियो।

सोहि क्रममा रत्नकुमार वान्तवा स्मारक पथरीशनिश्चरेका अध्यक्ष समेत रहनुभएका नेकपा एसका कोशी प्रदेश कमिटी सदस्य मानप्रसाद लिम्बू ,प्रदेश सदस्य कुमार चाम्लिङ राई, जिल्ला सदस्यहरु जानुका देवी भण्डारी, पथरीशनिश्चरे नगर कमिटीका अध्यक्ष तुलसी ढकाल,नेकपा एसका युवा कमिटी सदस्यद्वय जोन लिम्बु र विकास चाम्लिङ राई,, लगायतले  शहीद बान्तवाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।