काठमाडौं,१  बैशाख  । नेकपा एकीकृत समाजवादीका बरिष्ठ नेता मुकुन्द्र न्यौपानेले २०७० माघ २१ र २२ गते बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकमा फरक मत प्रस्तुत गर्नुभयो । अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमा औल्याइएका बिषय झुटको पुलिन्दा भएको भन्दै न्यौपानेले ३३ बुँदे फरक मत राख्नुभयो । तर अध्यक्ष नेपालले सो मतमाथि पार्टी कमिटीमा छलफलमै प्रतिबन्ध लगाउनु भयो ।

चैतको अन्तिम साता नेकपा एकीकृत परित्याग गर्न आयोजित पत्रकार सम्मेलनमा न्यौपानेले माधव नेपालको आफ्नो बिरोध गरेको सुन्नै नसक्ने शैलीको भण्डाफोर गर्नुभयो ।

माधव नेपालबाट नेपालको राष्ट्रियता र कम्युनिष्ट आन्दोलनबिरोधी हर्कत रोक्न आफूले राखेको फरक मतलाई पार्टीमा छलफल गर्नै प्रतिवन्ध लगाएपछि जनताबाट अस्वीकृत अधिनायकवादी पार्टीमा नरहने निश्कर्षसहित परित्याग गरेको घोषणा न्यौपानेले गर्नुभयो ।

फरक मत राखेपछि माधवले मुकुन्द न्यौपाने आएमा बैठक नै नबस्ने नीति लिनुभएको तथ्य पनि खुलिसकेको छ । बिधि र पद्धतीको दुहाई दिनुहुने माधवले नेकपा एसलाई आफ्नो पारिवारक कम्पनी जसरी चलाएपछि उपाध्यक्ष केदार न्यौपाने, चुढामणि जंगलीलगायतका नेताहरु पनि पार्टी परित्याग गरिसक्नु भएको छ । मुकुन्दले फरक मतमा माधव नेपालको अहंकारलाई जनताले अस्वीकार गरेको किटानी गरिएको थियो ।

आफ्नै बिरुद्ध दस्तावेज आएपछि उहाँले कुनै कमिटीमा छलफल नै गर्न नदिने निर्णय सुनाउनु भएको थियो । माधवले उल्टै मुकुन्द्रमाथि स्पष्टिकरण सोध्नुभयो । तर न्यौपानेले कडा जवाफ फर्काउनु भएको थियो ।

माधवलाई बैठकमै मुकुन्दले भन्नुभएको थियो, ‘अलिकति आलोचना पनि सुन्नै नसक्ने मान्छे कम्इुनिष्ट हुनै सक्दैन, तपाई कम्युनिष्ट हुँदै होइन ।’ त्यो बैठकको कुरा उधृत गर्दै मुकुन्दले लेख्नुभएको छ, ‘आफैले बोलेको झुट र गलत कुराप्रति आत्मआलोचना गरेर जनतासँग क्षमा माग्नुको साटो अझै आफ्ना छलफलमाथि ढाकछोप गर्न सत्य साँचो कुरा जनतासामू राख्ने सत्य निष्ठाहरुलाई तर्साउन स्पष्टिकरणका खेस्रा कोर्नुको कुनै औचित्य छैन ।’

अध्यक्ष माधव र सम्मानित नेता झलनाथ खनालपछिको तेस्रो बरियतामा रहनुभएका नेतामाथि नै माधवले गरेको अत्याचार सहन नसकेर नै केदार र चुढामणिले सो पार्टी छाडनु भयो । लगत्तै मुकुन्दले पनि छाडनु भयो । ‘कुनै छलफल गर्न नपाइने, आलोचना गर्नै नपाइने, माधवले जे भन्यो त्यही बिधान हुने भएपछि कसरी पार्टी भनेर बस्न सकिन्छ र ? मुलुकको राष्ट्रियता र कम्युनिष्ट आन्दोलनकै बिरुद्धमा लागेपछि त त्यो पार्टीमा कोही पनि बस्नु हुन्न भन्ने निश्कर्षसहित बाहिरिएका हो,’ न्यौपानेले भन्नुभयो ।

मुकुन्दले नेकपा एकीकृत समाजवादी समाप्त हुने बिन्दुमा रहेको भन्दै छाडेको केही समयपछि सो पाटीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले आफ्नो दलमा फरक मतमाथि छलफल हुन नसक्ने तथ्य स्वीकार गर्नुभएको छ । मुकुन्द न्यौपानेको फरक मत छलफल गर्न लायक नै नरहेको भन्दै प्रवक्ता खतिवडाले माधवले जे भन्छन, त्यही निर्णय हुने आफ्नो पार्टीका परम्परा रहेको पोल खोल्नुभएको हो ।

आजको सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै खतिवडाले न्यौपानेको प्रस्ताव पार्टीकै विपरीत भएको जिकिर गर्नुभयो । ‘उहाँको प्रस्ताव गलत थियो। पार्टीको नीति र भावनाको विरुद्धमा थियो । हामीले पार्टी जुन कारणले स्थापना गरेका थियौँ त्यसको बर्खिलापमा थियो। त्यस कारण त्यो प्रस्ताव छलफल गर्न लायक नै थिएनन,’ खतिवडाको भनाई छ । नेकपा एमालेमा १५ बर्ष नेतृत्व गर्दा पनि माधवले फरक मतमाथि यसैगरी बुट चलाउनु भएको थियो । जनता टाइम्सबाट