पथरी,४ बैशाख । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ स्थित सीनभिलेज पार्टी प्यालेसमा आज सम्पन्न नेकपा (एमाले) को मिसन ग्रासरुट अभियानअन्तर्गत ५ वटा टोल कमिटी गठन गरिएकाे  छ ।  

कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रित एमाले स्थायी कमिटी सदस्य नेता गुरुप्रसाद बरालले राजनीतिक–बैचारिक विषयपर प्रशिक्षणात्मक मन्तव्य राख्दै जननेता मदनकुमार भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहदुलीय जनवादको १४ वटा विशेषताबारे उदाहरण सहित सहभागीलाई पढाएका थिए । सग्लो इँटा बन्न जसरी काँचो माटो भट्टिभित्र उच्च तापक्रममा पाक्दै र खारिँदै २३ दिनमा बाहिर निस्कन्छ, त्यसरी नै पार्टी पनि चालू ग्रासरुट अभियानअन्तर्गत पाक्दै र खारिँदै एकढिक्का भएर निस्कनुपर्ने औंलाए।

guru कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई एमालेको बौद्धिक नेता प्राडा० बद्रीविशाल पोखरलेले कम्युनिष्ट आचरण र व्यवहार सहितको कार्यकर्ता निर्माणमा जोड दिएका थिए । उनले जनताको बहुदलीय जनवादी संस्कृति कार्यकर्ताको जीवनशैली बन्नुपर्ने विषयलाई विशेष ढंगले जिकिर गरेका थिए । 

एमालेको जारी अभियानका लागि नगरको प्रमुख अभियान्ता पार्टी केन्द्रीय कमिटी सदस्य मीना पोखरेल उप्रेती, केन्द्रीय सल्लाहकार परिषद् सदस्य सूर्यबहादुर श्रेष्ठ, केन्द्रीय वन तथा वातावरण विभाग अर्जुन क्षेत्री, प्रदेश कमिटी सदस्य मोहनप्रसाद तुम्बापो, भूपेन्द्र लावती, दिलिपकुमार राई, पूर्ण पाख्रिन, जिल्ला कमिटी सदस्य भगतचन्द्र थपलिया, दुर्गादेवी दंगाल सुवेदी, जनगायक वीरध्वज शिवा, नगर अध्यक्ष रमेश दाहाल र सचिव भीमकुमार राईसहितको उपस्तिथि रहेको थियो । 

वडाध्यक्ष प्रदीपकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमले गठित वडाभित्रको काम  कार्यक्षेत्र व्यवस्थापन सहित ५ वटा कमिटी निर्माण गरेको छ ।

tole1tole 2