काठमाडौं,२१ वैशाख । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले कानुनभन्दा माथि कोही हुन नसक्ने बताउनुभएको छ ।
भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै पनि प्रकरणमा कानुनभन्दा माथि कोही नहुने उहाँले प्रष्ट पार्नुभएको छ । कानुनी रूपमा कसैले पनि उन्मुक्ति नपाउने रिमालको भनाइ छ ।
तर कारबाहीको नाममा निर्दोष मानिसलाई फसाउन नहुने उहाँको भनाइ छ । ‘निर्दोष नफसुन्, कोही दोषी नउम्किउन्’, सामाजिक सञ्जाल फेसबुकमा रिमालले लेख्नु भएको छ ।
हरेक घटनाको छानबिन निष्पक्ष छानबिन हुनुपर्नेमा रिमालले जोड दिनुभएको छ । छानबिनमा सबैले सहयोग गर्नुपर्ने उहाँको धारणा छ ।
यस्ता घटनालाई राजनीतिकरण गर्नु नहुने उहाँले स्पष्ट पालना गर्नुभएको छ । ‘कानुनको पालना सबैले गर्नुपर्छ’, उहाँले लेख्नु भएको छ ।




















