विराटचोक,२२ वैशाख । मोरङको सुन्दरहरैंचा स्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिको अध्यक्षमा नेकपा एमालेले सुरेन्द्रबहादुर थापालाई अघि सार्ने भएको छ । एमाले सुन्दरहरैंचा नगर कमिटी कार्यदलको बिहिबार बसेको बैठकले पार्टीका कोशी प्रदेश कमिटी सदस्य समेत रहेका थापालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सुन्दरहरैंचा नगरपालिका १० निवासी थापा स्वच्छ छवी भएको व्याक्तिको रुपमा परिचित छन् । खानेपानी उपभोक्ता समितिमा अध्यक्षको लागि एमालेले सही व्याक्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको भन्दै उपभोक्ताहरुबाट सकरात्मक प्रतिक्रियाहरु पाइएको स्थानिय पुष्पबहादुर भुजेलले बताए ।
११ सदस्यिय कार्यसमिती रहने उक्त उपभोक्ता समितिको अन्य पदाधिकारी तथा सदस्यहरुका लागि उम्मेदवार चाडै नै घोषणा गरिने पार्टी नगर कमिटी अध्यक्ष मातृका प्रसाद ढकालले जानकारी दिए । सुन्दरहरैंचा १० मा रहेको इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजनामा सुन्दरहरैंचाका ९, १०,११, र १२ न. वडाका ७ हजार भन्दा बढि उपभोक्ताहरु रहेका छन् ।




















