काठमाडाैं,१२ जेठ  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्ररणमा एमालेलाई जबर्जस्ती मुछ्न खोजिएकाे बताउनुभएकाे छ ।

पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि च्यासलमा आयाेजित अनुशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले यस प्रकरणमा आफू नजिक रहेकालाई जबरजस्ती पोल्न लगाइएको बताउनुभयाे ।

उहाँले यस प्रकरणमा सम्पूर्ण बाढी एमालेतर्फ खन्याउन खोजिएकाे बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'गैर भुटानी या नेपालीलाई शरणार्थी बनाएर विदेश पठाउँने धन्धामा केही व्यक्ति सामेल रहेछन्, अदालतमा केस भएकाले को संलग्न छ म धेरै भन्न चाहन्नँ, तर एकताका त सम्पूर्ण रुपमा सारा बाढी एमालेतर्फ खन्याउन खोजियो, मिडिया, सामाजिक सञ्जाल, नआए पनि यो आयो भनेर एमालेका विरुद्ध हावाहुरी चलाएको छ, मानिलिऔं एमालेले नै याे सबै गरेकाे हाे भनेजसरी, जबकी एमाले यसमा कहिँ कतै संलग्न छैन ।'

एमाले सधैं भ्रष्टाचारकाे विराेधी रहेकाे भन्दै उहाँले एमाले स्वच्छता, पारदर्शिता तथा सुशासनकाे पक्षमा रहेकाे प्रष्ट पार्नुभयाे । 

अध्यक्ष ‌ओलीले यस प्रकरणमा एमाले र विशेषगरी आफू नजिक रहेकालाई जबरजस्ती पोल्न लगाइएको भन्दै आपत्ति जनाउनुभयाे । अध्यक्ष ‌ओलीले सही गर्न नमान्दा पनि बयान रोकेर सही गर्न लगाउने काम भइरहेकाे पनि बताउनुभयाे ।

May be an image of one or more people and people studyingउहाँले भन्नुभयाे - 'नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका, खासगरी मेरो नजिकका रहेका भनिएका मानिसहरूलाई कसरी नाम पोल्न लगाउने ? कसरी नाम लेख्न लगाउने ? कसरी नाम मुछ्न लगाउने र त्यो कसरी प्रचार गर्ने ? काम भयाे, प्रहरीकहाँ कसैले बयानमा नाम उच्चारण गर्‍यो भने अखबारमा सँगसँगै कसरी पुग्छ ? कहिले-कहिले अघिल्ला दिन अखबारमा पुग्छ, भोलिपल्ट बयानमा आउँछ, कस्तो तयारीसाथ भइरहेको छ ।'

यस प्रकरणमा काे-काे संलग्न छन् भन्ने कुरा समयक्रम र तथ्यहरुले स्पष्ट पार्दै जाने अध्यक्ष ओलीले बताउनुभयाे । यस प्रकरणमा एमालेविरुद्ध हिलो छ्याप्ने पयास नगर्न पनि उहाँले चेतावनी दिनुभयाे ।

अध्यक्ष ओलीले आफूमाथि भाैतिक आक्रमण हुँदा पनि सरकारले बेवास्ता गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'एमालेका विरुद्ध हिलाे छ्याप्ने, आराेपित गर्ने अनेक प्रकारका प्रयास हुन सक्नछन्, हमला हुन सक्छन्, हमलाकाे प्रकृति त अस्ती म पूर्व जाँदा ढुंगा हान्ने सम्मका क्रियाकलाप भए, तर सरकारले उनीहरुलाई गिरफ्तार गर्दैन, पुलिस निरिह छ गिरफ्तार गर्ने लाठिचार्ज गर्ने आदेश छैन भन्छ, सरकारले हिंसात्मक घटनालाई बढवा दिइरहेकाे छ, हिंसावादीलाई उक्साउने काम गरिरहेकाे छ, याे पनि हामीले देखिराखेका छाैं, भाेगिराखेका छाैं शारीरिक आक्रमण एमालेमाथि भइरहेकाे छ, विपक्षी नेता पूर्व प्रधानमन्त्रीमाथि ज्यान मार्ने उद्याेग हुँदा सरकारले आफ्नाे कमजाेरी हाे भनेन,  किञ्चित दुख मनाउ गरेन ।'

सरकारकाे भूमिका एमाले विराेधी रहेकाे भन्दै उहाँले सरकारले एमाले विरुद्ध काम गरिरहेकाे बताउनुभयाे ।