काठमाडौं,२ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तेस्रो पटक आफ्नी पत्नी र गुटका नेतालाई तेस्रो पटक समानुपातिकबाट संघीय सांसद बनाउनु भएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले आरक्षित समानुपातिकतर्फको कोटाबाट श्रीमती डा. आरजु राण देउवा र पूर्वमन्त्री डा. प्रकाशशरण महतलाई प्रतिनिधिसभा सदस्य बनाउनु भएको हो ।
कांग्रेस सभापति देउवाले यसपटक समेत गरी की पत्नी आरजु र प्रवक्ता प्रकाशशरण महतलाई समानुपातिकबाट तेस्रोपटक सांसद बनाउनु भएको हो । राणा र महत २०६४ र २०७० सालमा समानुपातिकबाट संविधानसभा सदस्य बन्नुभएको थियो ।
यसपटक पनि पार्टी सत्ताको दुरुपयोग गर्दै उहाँहरु आरक्षणमा दिनुपर्ने आफ्नो समुदायको कोटा खोसेर तेस्रोपटक समानुपातिकमा सांसद बनेर कलंकित बन्नुभएको हो । पूर्वपरराष्ट्रमन्त्री महत अहिले पार्टीका प्रवक्तासमेत हुनुहुन्छ । सभापति देउवाको विश्वासपात्र महत २०७४ सालको निर्वाचनमा काठमाडौं ५ बाट पराजीत हुनुभएको थियो ।
यस्तै आरजु २०७४ को निर्वाचनमा कैलाली ५ बाट नेकपा एमालेका नेता नारदमुनि रानासँग भारी मतान्तरमा पराजीत हुनुभएको थियो । जनताबाट अस्वीकृत यी दुवै नेता नेतृ पार्टी सत्ताको दुरुपयोग गरी तेस्रो पटक समानुपातिकबाट संसद बन्नुभएको हो ।



















