सुन्दरहरैँचा,२१ माघ । सुन्दरहरैँचा मोरङको सुन्दरहरैचा नगरपालिका–१० मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केराबारी–६ का जोसन लिम्बु रहेका छन् ।
खोर्साने–केराबारी सडक खण्डमा को ३२ प ८४६१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका लिम्बुको उपचारको क्रममा नोबेल अस्पताल विराटनगर मा मृत्यु भएको हो ।घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।




















