काठमाडौं, १९ फागुन । पछिल्लो समय नेकपा (एमाले) छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने चर्चामा रहेका डा. भीमबहादुर रावल एमालेमै सक्रिय हुन थालेका छन् । गत मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसेपछि निश्क्रिय बसेका रावल आजबाट एमालेमा सक्रिय भएका हुन् ।
यो बीचमा माधव नेपालले भीम रावल आफ्नो दलमा आवद्ध हुन लागेको बताएका थिए । घनश्याम भुषाल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेपछि रावलपनि एकीकृत समाजवादीमै प्रवेश गर्ने हल्ला थियो ।
तर, रावल आज (शुक्रबार) गृहजिल्ला अछाममा एमालेको कार्यक्रममा सहभागी भएका छन् । एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रावल सहभागी भएका हुन् ।
काठमाडौं – नेकपा एमालेबाट राष्ट्रपति पदका लागि उम्मेदवार सुवास नेम्बाङले जनमत पार्टीका अध्यक्ष सीके राउतसँग भेटवार्ता गर्नुभएकाे छ।
उहाँले शुक्रबार बुद्धनगरस्थित जनमत पार्टीको कार्यालयमा भेटवार्ता गर्नुभएको हो । भेटमा नेम्वाङसँगै एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव याेगेश भट्टराई साथै कृष्णगोपाल श्रेष्ठ नेताहरु सहभागी हुनुहुन्थ्यो। भेटका क्रममा राष्ट्रपतिमा सहयोग गर्न नेम्वाङले आग्रह गर्नुभएको थियो ।
नेम्वाङले आजै लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गर्नु भएको थियो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदैछ।




















