काठमाडौं, २८ चैत । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीबाट नेकपा एमाले फर्कने क्रम दिनदिनै बढदै गएको छ ।

तेस्रो बरियतामा रहनुभएका बरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने र चुडामणि जंगली लगायतका नेताहरुले नेकपा एकीकृत समाजवादीको भविश्य नरहेको प्रमाणसहित पार्टी छाडेको घोषणापछि सो पार्टीका नेता कार्यकर्ता एमालेमै फर्कन थालेका हुन ।

यही क्रममा नेकपा एकीकृत समाजवादीका रसुवा जिल्ला अध्यक्ष विष्णु देवकोटा एमालेमै फर्कनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर देवकोटा आज एमालेमै फर्कनु भएको हो । उहाँलाइृ अध्यक्ष ओलीले खादा लगाई पार्टीमा स्वागत गर्नुभयो ।

देवकोटासँगै नेकपा एसका प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा र जिल्ला कमिटीका सचिवालय सदस्य ठाकुर पौडेल पनि एमालेमा प्रवेश गर्नुभएको छ ।

माधव नेपालले आफ्नो कुण्ठाका लागि पार्टी बिभाजन गरेको तथा कम्युनिष्ट आन्दोलन र राष्ट्रियताबिरोधी हर्कत गरिरहेकोले सो पार्टीमा कोही पनि बस्न नहुने निश्कर्षसहित आफूहरु एमालेमा फर्कएको उहाँहरुले बताउनु भयो ।

सो अवसरमा पार्टीका पोलिटव्यूरो सदस्य ईश्वरी रिजाल, केन्द्रीय सदस्य माधव अर्याल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।