बारा,२ बैशाख । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ मा एमालेको जित सुनिश्चित भै सकेकाले जनताको मन जित्नेगरि कामगर्ने बताउनुभएको छ ।शनिवार बारा क्षेत्र नम्बर २ को करैया माइ गाउँपालिकाको  मधुवन बजारमा आयोजित चुनावी  सभालाई  सम्बोधन गर्दै  उम्मेदवार पौडेलले यस्तो बताउनु भएको हो । 

नेकपा एमालेका  पोलिटव्युरो सदस्य  समेत रहनुभएका  पौडेलले यस  क्षेत्रमा जित्ने सांसदले जनतालाइ धोका दिएको भन्दै आफु जितेर जाने बितिक्कै बारा २ को  स्वास्थ्य,शिक्षा,खानेपानी र पुर्बाधार विकासमा काम सुरु गर्ने  बताउनु भयो ।  अन्य दलले यस निर्वाचन क्षेत्रलाई  उपेक्षा गरेको समेत उहाँले आरोप लागाउनु भयो ।  पौडेलले  यी समस्या आफुले समाधान गर्ने बताउनुभयो । 

341167729_1304276333824482_727679074487837013_nउक्त कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य लालबाबू पण्डितले एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलबाहेक सबै उम्मेदवार  क्षेत्रमा लडेका सबै उम्मेदवार गत मसिरमा ४ गते  भएको निर्वाचनमा जनताबाट अस्विकृत भएको उल्लेख गर्दै बाराले पनी स्विकार नगर्ने ठोकुवा गर्नु भयो ।

त्यसैगरी पोलिटव्युरो  सदस्य अच्युत मैनालीले अन्यत्रबाट पाहुनाका रुपमा  आएका उम्मेदवारलाई  स्थानीय जनताले मत नदिने  दाबी गर्नुभयो ।

त्यसैगरी पोलिटव्युरो  सदस्य ज्वाला साहले नेकपा एमाले गरिब जनताको मर्म र भावना बुझ्ने पार्टि रहेको बताउदै जातिवादको नारा लाई  जनताले पाखा लगाउने कुरा व्यक्त  गर्दै  नेकपा एमालेको उम्मेदवारलाई मतदान गर्न  आग्रह गर्नु भयो ।  

रामाधार चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बलबिर चौधरी ,सरस्वती चौधरी ,मन्जु थापा, त्रीलोकी  चौधरी ,देव नारायण चौधरी ,मनोज पौडेल लगायतका नेताहरुको उपस्थिति रहेकोे  थियो ।कार्यक्रममा यस क्षेत्रका हजारौं मतदाताको उपस्थित रहेको थियो ।

आजै उम्मेदवार पौडेलले  देवताल  गाउँपालिकामा घर दैलो तथा मतदाता सँग भेटघाट छलफल गर्नु भएको छ  ।

341352514_3205370096422315_7327331527992434232_n