- ✍️बिष्णु कार्की
विराटचोक,३ बैशाख । नेकपा एमालेको ‘मिसन ग्रासरुट अभियान’ अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिकाका एकैदिन चार वटा वडाहरुको अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको सुन्दरहरैँचाका १.४.९ र १२ न. वडा शाखाको दोश्रो अधिवेशनले नयाँ कमिटीहरु पनि चयन गरेको छ । अधिवेशमा नयाँ वर्ष २०८० सालको आगमनको अवसरमा शुभकामना व्यक्त गरिएको थियो ।
१,न. वडाको अधिवेशन तथा कमिटी गठन
१ न. वडा शाखाको हरैँचामा भएको अधिवेशनले प्रकाश न्यौपानेको अध्यक्षतामा २१ सदस्य कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा कञ्चन काफ्ले, सचिवमा विनोद चौधरी' उपसचिवहरुमा मोहन राई,दिलिप तामाङ लगायत सदस्यहरु रहेका छन् ।
नव गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिव तथा प्रदेश सभा सदस्य चिन्तक पाठकले पद तथा गोपनियताको सपथ ग्रहणगराउनु भएको थियो । कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य इन्द्र भट्टराई,नगर कमिटी अध्यक्ष मातृकाप्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो ।
निवर्तमान वडा कमिटीका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रकाश न्यौपानेले सँचालन गर्नु भएको थियो ।
४ न. वडाको अधिवेशन तथा कमिटी गठन
सुन्दरहरैँचाको ४ न वडाको सिद्देस्वर मन्दिरमा भएको अधिवेशनले शम्भु धमलाको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा रमेश भट्टराई,सचिवमा कमल न्यौपाने,उपसचिवहरमा स्मृती शिवाकोटी,यम बास्तोला र सदस्यहरु रहेका छन ।
बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष उमेश वस्तीले सर्वसम्मत ढंगले कमिटीको नाम घोषणा गर्नु भएको थियो । नव गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटीका सचिव चिन्तक पाठकले पद तथा गोपनियताको सपथ ग्रहणगराउनु भएको थियो ।
यस्तै पार्टीले ज्येष्ठ नागरिक सहित पार्टीलाई योगदान पुर्याएको भन्दै ४० जनालाई सम्मान गरेको छ । कार्यक्रममा पार्टी कोशी प्रदेश कमिटी सचिवालय सदस्य सत्यनारायण चौधरी, पार्टी केन्द्रीय विभाग सदस्य बद्री अर्याल, भूमी सुधार आयोगका केन्द्रीय सचिव सुर्य कट्टेल, जिल्ला कमिटी सदस्यहरु अम्बिका दाहाल,उमेश वस्ती,पुर्व जिल्ला कमिटी सदस्य हर्क परियार, नगर कमिटी अध्यक्ष मातृकाप्रसाद ढकाल,सचिव सन्तोष घिमिरे, जेष्ठ नागरीक मंचका नगर अध्यक्ष रामकुमार कार्की,नगर कार्यपालिका सदस्य दुर्गा पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।
निवर्तमान वडा कमिटीका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनको उदघाटन सत्रमा नगर कमिटीका सदस्य शुशिल पोखरेलले स्वागत मन्तव्य गर्नु भएको थियो भने निवर्तन वडा कमिटीका सचिव केशव बास्तोलाले कार्यक्रम सँचालन गर्नु भएको थियो ।
९ न. वडाको अधिवेशन तथा वडा कमिटी गठन
सिर्जना युवा क्लवको हलमा भएको ९ न. वडा कमिटीको अधिवेशले टिएन बरालको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा सुमित्रा दाहाल राउत,सचिव राजेन्द्र खरेल, राजन पाठक,प्रदिप ढकाल र सदस्यहरु रहेका छन ।
बन्दसत्रका अध्यक्ष मण्डलका अध्यक्ष डिल्लीप्रसाद ढकालले सर्वसम्मत ढंगले कमिटीको नाम घोषणा गर्नु भएको थियो । नव गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सभाका सांसद किशोरचन्द्र दुलालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य सन्तोष वान्तवा, नगर उपसचिव डिल्लीप्रसाद ढकाल, नगर कार्यपालिका सदस्य रुजा घिमिरे, पुर्व नगर कार्यपालिका सदस्य तारा ढकाल घिमिरे,अनेमसंघ जिल्ला सदस्य किरणदेवी रौनियार पार्टीका वडा इञ्चार्ज चन्द्रप्रसाद ढकाल,नगर कमिटी सचिवालय सदस्य गिता लम्साल जनप्रतिनिधिहरु राजनारायण खवास, शारदा विक,युवा संघ नगर अध्यक्ष भविनजंग पाण्डे,अनेमसंघ नगर सचिवालय सदस्य भगवती अर्याल लागायतको आतिथ्यता रहेको थियो ।
निवर्तन वडा कमिटीका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको अधिवेशनको उदघाटन सत्रमा वडा कमिटीकी उपाध्यक्ष हिमा पोखरेलले स्वागत मन्तव्य गर्नु भएको थियो भने सुमित्रा दाहाल राउतले कार्यक्रम सँचालन गर्नु भएको थियो ।
१२ न. वडाको अधिवेशन तथा कमिटी गठन
सिद्देस्वर मन्दिरको हलमा भएको १२ न. वडा कमिटीको अधिवेशले केशव सापकोटाको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा नवराज दाहाल,सचिवमा पर्शुराम खतिवडा,उपसचिव हरुमासिर्जना सुवेदी ढकाल,अविनाश सुवेदी र सदस्यहरु रहेका छन् ।
नव गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा ग्रासरुट अभियान सुन्दरहरैंचाकी केन्द्रीय अभियन्ता मेनुका काफ्लेले पद तथा गोपनियताको सपथ ग्रहणगराउनु भएको थियो । यस्तै पार्टीले ज्येष्ठ नागरिक सहित पार्टीलाई योगदान पुर्याएको भन्दै २५ जनालाई सम्मान गरेको छ ।
कार्यक्रममा पार्टीका कोशी प्रदेश कमिटीका सचिव तथा प्रदेश सभा सदस्य चिन्तक पाठक, कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सभाका सांसद किशोरचन्द्र दुलाल,पार्टी केन्द्रिय विभाग सदस्य बद्री अर्याल,पार्टी कोशी प्रदेश कमिटीका सल्हाकार डिल्लीरमण घिमिरे,जिल्ला कमिटी सदस्यहरु रोशनप्रसाद ढकाल,गणेशप्रसाद ढकाल जिल्ला कमिटी सल्हाकार विशेश्वर ढकाल,नगर कमिटी अध्यक्ष मातृकाप्रसाद ढकाल,वडा इञ्चार्ज गणेशप्रसाद फुयाल नगर कार्यपालिका सदस्य निलम थापा,बामपन्थी बुद्दिजिवि रामप्रसाद कोइराला, पार्टी नेता राम मास्के, अनेमसंघको पुर्व नगर अध्यक्ष देवीमाया ढकाल लगायत जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
निवर्तमान वडा कमिटीका अध्यक्ष खगेन्द्र लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान वडा कमिटीका सचिव कविराज फुयालले स्वागत मन्तव्य गर्नु भएको थियो भने निवर्तमान वडा कमिटीका उपसचिव आनन्द बस्नेतले कार्यक्रम सँचालन गर्नु भएको थियो ।

नगरका ५,६,७ नम्बर वडाको चैत २५ गते र ८ न. वडाको चैत २७ गते अधिवेशन तथा कमिटी गठन गरिसकेको छ भने बाकीं रहेका २,१० र ११ न.वडाको बैशाखको पहिलो हप्ताभित्र सम्पन्न गरिने एमालेले जनाएको छ ।






















