विराटचोक,१५ जेठ । यतिखेर मोरङको सुन्दरहरैंचा स्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिको निर्वाचनको  सरगर्मी बढेको  छ । जेठ २० गते हुने  उपभोक्ता समितिको निर्वाचनले नयाँ कार्यसमिती चयन हुने छ । उक्त कार्यसमिती सदस्य पदका उम्मेदवार भविन पाण्डेको  चर्चा चुलिएको छ । 

सुरेन्द्रबहादुर थापा अध्यक्षको उम्मेदवार रहेको समूहबाट उम्मेदवार बनेका पाण्डेलाई चुनाव जित्न खासै समस्या छैन । उम्मेदवारहरु मध्ये  सबै भन्दा कान्छा उमेरका  उनले उपभोक्ताहरुको तर्फबाट उत्तिकै हौसला पाउन थालेका छन् भने स्थानिय युवाहरुको व्यापक साथ पाइरहेका  छन । आइटी  इन्जिनियर समेत रहेका पाण्डे सानै उमेरदेखि नै मिलनसार र शालीन स्वभावका युवामा पर्दछन्  ।

 सुन्दरहरैंचा ९  निवाशी उनि राजनितीमा उत्तिकै सकृय छन् भने  नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष समेत रहेका छन् । निर्वाचनको मिति नजिकिए संगै पाण्डेको लोकप्रियता बढ्दै गएको कारण  उनले सबैभन्दा बढि मत पाएर 'म्यान अफ दि इलेक्सन' बन्ने सम्भावना देखिएको छ । राम्रो भिजनरी भएका भविन पाण्डेजस्ता युवालाई  समितिमा उम्मेदवार बनाएकोमा सुरेन्द्रबहादुर थापा समूहकै राम्रो माहौल बन्न मद्दत पुगेको छ ।

My project-4 2११ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समिति हुने निर्वाचनमा अध्यक्ष पदका  प्रत्यासि  सुरेन्द्रबहादुर थापा समुहबाट उपाध्यक्षमा आशादेवी राई,उपाध्यक्षमा जय सिटौला, सचिवमा मीनप्रसाद लिम्बू,कोषाध्यक्षमा पुण्यप्रसाद आचार्य र सदस्यहरुमा भविन पाण्डे,हिमा पोखरेल,लक्ष्मी थापा,मो. मन्सुर आलम,बिपना श्रेष्ठ,दीपनारायण चौधरी र लेखा समितीको संयोजकमा हेमराज सुवेदी,सदस्यहरुमा उमा सेढाई,जगतलाल चौधरी उम्मेदवार रहेका  छन् ।

सुन्दरहरैंचा  १० मा रहेको इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजनामा सुन्दरहरैंचाका  ९, १०,११, र १२ न. वडाका ७ हजार २ सय भन्दा बढि उपभोक्ताहरु रहेका छन् । 

349724396_267980129139427_6200959847696402448_n (1)