काठमाडौं, ५ फागुन । नेकपा एमाले निकट बिद्यार्थी संगठनअनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ ।
अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि बिहीबार मतदान गरिए अनसार आएको मतपरिणाम अनुसार बडाल बिजयी हुनुभएको हो । बडाल अनेरास्ववियुका निवर्तमान महासचिव हुनुहुन्छ । बडालले अध्यक्षमा आरसी लामिछानेलाई हराउनुभएको हो ।
यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित हुनुभएको छ भने महासचिवमा नरेश रोकाया निर्वाचित हुनुभएको छ ।
मतपरिणाम अनुसार सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको अखिलका नेताहरुले बताउनुभएको छ । यद्धपी, यसको औपचारिक घोषणा भएको छैन ।




















